arrow

संक्रमण बढदै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
banke1.jpg

नेपालगञ्ज । बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । राजश्व कार्यालयका ११ जना कर्मचारीसहित नेपालगञ्जमा बिहिबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार राजश्वका एक जना अधिकृतमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा त्यसै कार्यालयका ११ जना र त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकको कन्ट्याक्टका १६ जनामा कोरोना देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ