arrow

महाकाली नदीमा खतराको संकेत, दर्जनौ बस्ती जोखिममा

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
mahakali_tatiyaxaetra.jpg

डडेल्धुरा । मंगलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ । 

बिहिबार बिहान ११ बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको संकेत मानिन्छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर सात मिटर पुग्दा जोखिम हुने गर्दछ । यस्तै शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने संकेत देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहन आग्रह गरेको छ ।

नदी कटानले दर्जनौ बस्ती जोखिममा 
नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रीमधेश क्षेत्रका दर्जनौं बस्ती उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाको कटानका कारण भित्रिमधेस क्षेत्रका बस्ती वर्षायाममा वर्षेनी विपद्को उच्च जोखिममा रहने गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी, कटानी र डुबान निम्त्याउने महाकाली नदी परशुराम नगरपालिकका ३, ५ र ६ वडालाई छोएर कञ्चनपुरतर्फ बग्ने गर्दछ । महाकाली नदीको किनारामा रहेको प्रशिद्ध परशुराम धाम वर्षेनी आउने बाढीका कारण सङ्कटमा पर्दै गएको छ । महाकालीसहित रङ्गुन नदी, सादनी खोला,  पन्तुरा गाड र शीर्ष गाडसहित चुरे क्षेत्रबाट बग्ने तीन दर्जन बढी खहरे खोलाका कारण भित्रिमधेशका अधिकाशं बस्ती बाढीको उच्च जोखिममा रहेका इलाका प्रशासन कार्यालय जोगबुडाले जनाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ