arrow

सेलपेको एनिभर्सरीमा क्यासब्याक अफर

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
celpay.jpg

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्राली अन्तरगतको सेलपे सेवाले आफ्नो वार्षिकोतसवको अवसरमा एनिभर्सरि अफर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि एनिभर्सरी अफर ल्याएको हो ।

 सो अफर अन्तरगत ग्राहकले साउन १६ गते (शुक्रबार)  सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात बढीमा १ हजार रुपैयाँ क्यासब्याक पाउने सेकलम प्रालीले जानकारी दिएको छ । सो अफरको लाभ लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा सेलपे एप्प डाउनलोड गरी बैंक खाता लिंक गर्नुपर्ने छ ।

 साथै सेलपेले ५ जना भाग्यशाली ग्राहकहरुलाई सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १ सय सेकेण्ड भित्र १ रुपैयाँमा सीमित ग्रोसरी सामान किनमेल गर्ने मौका समेत दिने कम्पनीले जनाएको छ ।

सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ खुशी बाड्नका लागि अफर ल्याइएको कम्पनीको भनाई छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित भुक्तानी सेवा हो । सेलपेको माध्यमले विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार समयमै गर्न सकिन्छ । 

सेलपे  सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासंग आवद्ध भएका बैंकका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने छन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ