arrow

सुशान्तको खातामा कहाँबाट आयो १५ करोड ?

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
susant-.png

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रम जारी छ । प्रहरीले सुशान्तको बैंक खातामा १५ करोड कहाँबाट आयो भनेर अनुसन्धान सुरु  गरेको छ । प्रहरी तीनवटै बैंकमा पुगेको छ  । भारतको प्रवर्तन निदेशालय र प्रहरीले सुशान्त राजपूतसँग १५ करोड भारतीय रुपैयाँ कहाँबाट आयो भनेर अनुसन्धान सुरु गरेको हो । यस बाहेक, प्रहरीले सुशान्तको पूर्व प्रेमिका अंकिता लोखंडेलाई पनि सोधपुछ गरेको छ ।

सुशान्तका बुबा कृष्ण किशोर सिंह र उनकी बहिनी मितु सिंहका अनुसार  सुशान्तको १७ मध्ये १५ करोड रुपैयाँ  बैंक खातामा छुटाछुट्टै पठाइएको छ जसको उनको परिवारसँग कुनै सम्बन्धित छैन।

यसको अनुसन्धानका लागि प्रहरीले तीनवटा बैंक पुगेको हो । सुशान्तको खाता रहेको सबै बैंक स्टेटमेन्ट  प्रहरीले संकलन गरेको छ । प्रवर्तन निदेशालयले पनि यस पक्षमा ध्यान दिइरहेको छ। साथै पटनामा प्रहरीले दर्ता गरेको एफआईआरको पनि एक प्रति मागिएको छ।  यद्यपि यसका बारे सुशान्तको सीए भन्छन्- यदि खातामा धेरै पैसा थिएन भने, यो कसरी ट्रान्सफर गर्न सकिन्छ?

यता सुशान्तका बुबा केके सिंहले जब सुशान्तकी प्रेमिका रिया चक्रवर्तीकोबिरूद्ध मुद्दा हालेका थिए, सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले सोशल मीडियामा 'सत्यले जित्छ' भन्दै एउटा पोस्ट साझा गरेकी थिइन् । 

अन्कितासँग पनि प्रहरीले सोधपुछ गरेको छ । यद्यपि उनीसँगको कुराको कुनै पनि जानकारी बाहिर आएको छैन। यस अवस्थामा सुशान्तको घरमा काम गर्ने र सरसफाइ गर्नेमाथि पनि आरोप लगाइएको छ। उनीहरुसँग बिहार प्रहरीले सोधपुछ गरिसकेको छ।

सुशान्तका बुबा केके सिंहले पटनामा एफआईआर दर्ता गराएका छन् । सुशान्तका बुबाले रिया विरुद्ध पटनाको राजीव नगर प्रहरी स्टेशनमा मुद्दा हालेका हुन्।  एफआईआर रिया चक्रवर्ती लगायत उनकी आमा, बुबा, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । सुशान्तका बाबुले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन् । उनले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी समस्या नभएको र रियाको सम्पर्कमा आएपछि अचानक के भयो भनेर प्रश्न सोधेका छन् । उनले डाक्टरमाथि पनि शंका गरेका छन् । डाक्टर पनि रियाको षड्यन्त्रमा समावेश भएको हुन सक्ने आरोप लगाएका छन् । यससम्बन्धी अनुसन्धान हुनुपर्नेमा सिंहले माग राखेका छन् ।

रिया चक्रवर्तीले मुम्बईमा मुद्दा सार्न सर्वोच्च अदालतमा निवेदन दिएकी छिन। उनले बिहारमा यस प्रकरणमा निष्पक्ष कारबाही हुन नसक्ने बताएकी थिइन् । यद्यपि यस याचिकाको बदलामा सुशान्तका बुबाले उक्त मुद्दा बिहारबाटै हुनुपर्दछ भनेर सर्वोच्च अदालतमा अपिल गरिसकेका थिए । यस सम्पूर्ण प्रकरणको बारेमा पटना प्रहरीका सुपरिटेन्डेन्ट विनय तिवारी भन्छन -उनको टोलीले प्रकरणका सबै पक्षमा काम गरिरहेको छ। यो प्रकरण हाल प्रारम्भिक चरणमा छ।

एफआईआर दर्ता गर्ने क्रममा सुशान्तका बुबाले सात वटा आरोप लगाएका छन् –
१, रियालाई भेटेपछि सुशान्तलाई के भयो, लिमागी समस्या किन आयो जाँच होस् ।

२, सुशान्तको मानसिक उपचार चलिरहेको भए परिवारसंग कुनै लिखित वा मौखिक अनुमति किन लिइएन रु  यसको अनुसन्धान गरियोस् ।

३, रियाले भनेपछि जुन डाक्टरले सुशान्तको उपचार गरे रियाको सबै षड्यन्त्रमा समावेश भएको आशंका भएकाले के–के उपचार गरे, के औषधि दिए अनुसन्धान होस् । 

४,  रियालाई छोराको स्थिति नाजुक भएको जानकारी भएपछि उपचार राम्रो तरिकाले उपचार नगर्नु वा उनको उपचारको सबै कागजपत्र आफूसंग लैजानु र सुशान्तलाई नाजुक स्थितिमा छोडेर गएकाले नै आत्महत्या गरेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । 

५, सुशान्त फिल्मलाइन छोडेर केरलमा अर्गानिक खेती गर्न चाहन्थे । तर सुशान्त उनका साथी महेशसंग जान खोज्दा रियाले विरोध गरेकी थिइन् । कहीं नजान चेतावनी दिएकी थिइन् । मिडियामा मेडिकल रिपोर्ट दिने भनेर धम्कीसमेत दिएकी थिइन् । उनी पूरै पागल भएको समेत बताएकी थिइन् । सुशान्तको घरमा बसिरहेकी रिया ल्यापटप, पैसा, गहना, क्रेडिट कार्ड, उपचारका कागजपत्र, पिन नम्बर, पासवर्ड, सबैकुरा लिएर गएकी थिइन् । यसको अनुसन्धान गरियोस् ।

६, अभिनयमा प्रशंसा कमाइरहेका सुशान्तले रिया उनको जीवनमा आएपछि फिल्म पाउन कम हुनुको कारण अनुसन्धान गरियोस् । 

र, ७, मेरो छोराको एक बैंक स्टेटमेन्टबाट थाहा हुन्छ कि उनको बैंक खातामा १७ करोड भारु थियो । पछिल्लो १ वर्षमा १५ करोड निकालियो । जुन स्थानमा ती पैसा पठाइएको छ, त्यसमा मेरो छोराको कुनै लेनदेन छैन । मेरो छोराको सबै खातामाथि अनुसन्धान होस् । यी बैंक खाता र क्रेडिट कार्डमार्फत् रियाले आफ्ना परिवार र सहयोगीसँग मिलेर धोकापूर्ण तरिकाले निकालेकी छिन्, त्यसको अनुसन्धान होस् ।

सुशान्तले २०२० को १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्महत्या गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ