arrow

कोरोना संक्रमण बढदै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
cdo-office-bake.jpg

नेपालगञ्ज। बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। राजश्व कार्यालयका ११ जना कर्मचारीसहित नेपालगञ्जमा आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिवार राजश्वका एक जना अधिकृतमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा त्यसै कार्यालयका ११ जना र त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकको कन्ट्याक्टका १६ जनामा कोरोना देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ