arrow

सरकार र सर्वोच्चबिरुद्ध झापामा नेविसंघको बिरोध प्रदर्शन

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
nsu-jhapa1.jpg

झापा । झापा जिल्लाको गौरादहमा नेपाली कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघले आज शुक्रबार बिरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ झापा जिल्ला कार्यसमितीद्वारा आयोजित बिरोध जुलुस डिपु चौकबाट सुरुभइ मुख्यबजार परिक्रमा गरि पुन: डिपु चौकमा आएर कोण सभामा परिणत भएको थियो । 

बिरोध कार्यक्रममा सरकार र सर्वोच्च अदालतको गलत कदमबिरुद्द नारा अङ्कित दर्जनौ प्ले कार्ड बोकेका विद्यार्थीहरु जुलुसमा सामेल भएका थिए । बिरोध सभालाई सम्बोधन गर्दै नेविसंघ नगर सभापती बाबुराम नेपालले सर्बस्वसहित जन्म कैद भोग्दै गरेका हत्यारा रन्जन कोइरालालाई सर्वोच्च अदालतको फैसलाबाट आममाफीसहित रिहाइ गरिएको सर्वोच्चको गलत कदम विरुद्ध छानबिनको माग गर्दै न्यायालय बिक्न नहुने बिचार राखेका थिए ।  साथै कोरोनाको विषम परिस्थितिमा कलाकारहरु पनि स्तब्ध भएको विषम परिस्थितिमा उखान टुक्का गरि कमेडी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पद छोडेर कलाकारितामा आउन अनुरोध गरे ।

अर्का बक्ता नेपाली कांग्रेसका नगर सभापती यादब राज सेडाइले नेपाली कांग्रेसलाई आधुनिकिकरण गर्न हातमा मसाल लिएर निस्किएका नेविसंघको महत्वपूर्ण ईतिहासलाई सम्झदै सरकार सर्वोच्च निकाय भएकोले सरकारलाई नागरिक मैत्री हुन अनुरोध गर्दै दिनदहाडै एसिड छ्याप्ने र बलात्कार र बलात्कार पछि हत्या गर्नेलाई सजायको भागिदार बनाउनु पर्ने बताए । अर्को प्रसङ्गमा  चितवनको चेपाङ बस्तिमा आगो लगाउने ओली सरकार र बनमन्त्री शक्ति बस्नेतको गलत कदम मानबताबिरुद्द्को अपराध भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालि कांग्रेसका नेता डा. खगेन्द्र अधिकारिले सुतिसुति खान पुग्छ भन्ने झुटो आश्वसन बाड्ने नेकपाको सरकार बर्तमान अवस्थामा ५० डिग्री तातो घाममा खानकै निमित्त बिदेसमा पसिना बगाउने नेपाली दाजुभाइ कोरोनाको महामारिमा घर आउन सरकारलाई खर्च दिनुपर्ने अवस्थामा रहेको अबगत गराउदै नेपालमा कम्युनिस्टहरुको सरकार तस्कर र भ्रस्टाचारिको सरकार भएको बताए । 

 कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल विद्यार्थी संघ झापाका जिल्ला सभापती तथा कार्यक्रमका सभापती राजेन्द्र उप्रेतिले नागरिक सर्वोच्चता भनेको लोकतन्त्र भएको उल्लेख गर्दै बर्तमान सरकार नागरिकको हक अधिकार माथी दमन गर्दै लोकतन्त्र माथी निरन्तर प्रहार गर्दै आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ