arrow

नेपालमा एकै दिन १० हजार ७ सय ६८ को कोरोना परिक्षण, आजसम्मकै सबैभन्दा बढी भएको दावी

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
corona-test-nepalgunj.gif

काठमाडौं। सरकारले पछिल्लो २४ घण्टामा आजसम्मकै सबैभन्दा बढी नमुना परिक्षण गरेको दावी गरेको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका नमुना परिक्षण गरिएको दावी गरेका हुन्। उनका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ नमुना परिक्षण गरिएका हुन्। त्यस्तै मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले दिएको जानकारी अनुसार शुक्रबार कुल पीसीआर परिक्षणको संख्या ३ लाख ७५ हजार ४ सय १६ पुगेको छ।

बिहीबार उक्त संख्या ३ लाख ६४ हजार ६ सय ४८ रहेको थियो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ सय २४ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। साउनको पहिलो साता निरन्तर घट्दो क्रममा रहेको संक्रमितको संख्या पछिल्लो समय बढिरहेको छ । साउन पहिलो साता संक्रमितको संख्या घट्दो देखिएपछि सरकारले साउन ७ गतेदेखि पूर्णरुपमा लकडाउन खुलेको घोषणा गरेको थियो । यसअघि सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुलुकभरि लकडाउन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ