arrow

बालबालिका कोरोनाका क्यारियर, यस्तो छ खुलासा 

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
corona-child.jpg

काठमाडौं । कोरोना भाइरसका क्यारियर बालबालिका बन्ने खतरा बढेको छ । कोरोना भाइरसको लकडाउनपछि विद्यालयहरु बन्द भएपछि बालबालिकाहरु धेरै संख्यामा संक्रमित हुन पाएनन् । 

तर विद्यालय खुल्दै गर्दा उनीहरु कोरोनाका क्यारियर बन्ने खतरा बढेको विभिन्न सोधहरुले देखाएका छन् । 

न्यूयोर्क टाइम्सका अनुसार यो विश्वकै स्थिति हेरेर गरिएको हो । जेएएमए पियाट्रिक्समा प्रकाशित एक अध्ययनका प्रमुख तथा शिकागोमा एन एन्ड रोबर्ट एच लरी चिल्ड्रेन्स हस्पिटलका संक्रामक रोग विशेषज्ञ डा टेलर हेल्ड सर्जेन्टका अनुसार बालबालिकाहरु बढी संक्रमित छैनन् भने उनीहरुमा भाइरस नभएको मान्न सकिँदैन । 

अध्ययनका क्रममा १४५ जना संक्रमितको स्वाब विश्लेषण गरिएको थियो । जसमा ४६ बच्चा ५ वर्षभन्दा कम उमेरका र ५१ जना ५ देखि १७ वर्ष उमेरका थिए । त्यस्तै १८ देखि ६५ वर्ष उमेरका ४८ जना रहेका थिए । 

यसमा त्यस्ता बच्चालाई सामेल गरियो जसमा अक्सिजन सपोर्टको आवश्यकता थियो । तिनीहरु धेरैजसो रुघाखोकीबाट ग्रस्त थिए । 

परीक्षणका क्रममा पत्ता लाग्यो कि उनीहरुको शरीरमा अन्य संक्रमितहरुको तुलनामा धेरै बढी कोरोनाको भाइरस रहेको थियो । 

योसंगै विद्यालय खोल्ने बारेमा तत्काल कुनै बहस गर्नुपर्ने आवश्यकता नभएको पनि बताइएको छ । सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलकी एक भायरोलोजिष्ट स्टेसी शुल्ज चेरी भन्छिन्, ‘मैले धेरैबाट सुनेकी छु कि बच्चाहरु अतिसंवेदनशील हुँदैनन् या संक्रमित हुँदैनन् । तर यो गलत हो । यो शोधले यसका कुरालाई सम्झाउन काफी छ कि बालबालिकाले संक्रमण फैलाउन कुन किसिमको भूमिका निभाइरहेका छन् ।’

युनिभर्सिटी अफ मेनिटभोबाका भायरोलोजिष्ट जेसन किन्डरचुकले अब विद्यालय पुनः खोल्ने बारेमा सोच्चु पर्ने बताएका छन् । 

शोधका अनुसार ५ वर्षभन्दा कम उमेरका बच्चामा कोरोना भाइरस १०० गुणा ज्यादा देखिएको छ । यसबाटै गम्भीर बन्नुपर्ने देखिएको छ कि बालबालिका सबैभन्दा ठूला कोरोना भाइरसका क्यारियर बन्न सक्छन् । 

नेपालमा पनि शैक्षिक संस्थाहरु खुलेका छैनन् । तर खोल्ने तरखरमा सरकार रहेको छ । ग्रामिण भेकमा सानो समूहमा पढाउन थालिएको छ । कतै यही स्थिति रह्यो भने के होला ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ