arrow

रोटा भाइरसको खोप

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
khop2.jpg

रामपुर । पाल्पा रामपुर नगरपालिका– ५ स्थित आयुर्वेद औषधालयको केन्द्रमा छ हप्तादेखि दश हप्तासम्मका बालबालिकालाई रोटा भाइरस विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी ।

स्वास्थ्य निर्देशनालय प्रदेश ५ ले झाडा पखालाका बिरुद्व प्रदेशमा रोटा खोप सञ्चालन गरेको हो । बालबालिकालाई झाडापखाला हुनवाट रोक्नका लागि नियमित रुपमा रोटा खोप लगाउने गरिएको हो । साउन १० गतेदेखि रोटा खोप लगाउन थालिएको हो । रुपन्देहीमा पनि यो खोप लगाइएको छ । 

सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई रोटा खोपबारे स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसंगै बालबालिकालाई स्वस्थ्य बनाउनका लागि रोटा खोप नियमित गरिने बताइएको छ । 

बालबालिका जन्मेको ६ हप्तामा पहिलो पटक र १० हप्तामा दोस्रो पटक खोटा खोप लगाउनु पर्ने हुन्छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ