arrow

सिन्धुपाल्चोकका बाढी पिडितलाई कांग्रेसका तीन भ्रातृ–भगिनी संघद्धारा राहत सहयोग

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
congress-rahat-sahayog-sind.jpg

बाह्रबिसे । सिन्धुपाल्चोकका बाढी पीडितलाई नेपाली कांग्रेसका भ्रातृ–भगिनी संस्था नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले सहयोग गरेका छन् । 

नेबिसंघका केन्द्रीय महामन्त्री एवं नेपाली कॉंग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिना, नेपाली कॉग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्र बहादुर थापा र नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष तथा कॉंग्रेस महासमिति सदस्य दोर्जे लामाद्वारा संकलित चामल, दाल, नुन, तेल, दाल, च्युरा, केराउ लगायतका खाद्यान्न सामग्री र त्रिपाल, ब्ल्यांकेट लगायतका राहत सामग्री उपलब्ध गराइएको हो । 

शुक्रबार जुगल गाउॅंपालिका वडा नं ३ स्थित साबिक गुम्बा गाबिस गुन्टे गाउॅंका करीब ४० परिवारलाई बितरण गर्ने गरी हस्तान्तरण गरिएको हो ।

नेपाली कॉंग्रेसका तर्फबाट जुगल गाउॅंपालिका अध्यक्षका प्रत्यासी जय बहादुर लामा, जुगल गापा ५ का वडा अध्यक्ष सनत कुमार अधिकारी, वडा नं ५ का इकाइ सभापति तथा अध्यक्षका प्रत्यासी निमा लामा लगायत स्थानिय नेताहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको नेबिसंघका महामन्त्री तिमल्सिनाले बताए । 

नेपाल तरुण दल र नेबिसंघ र नेपाल महिला संघको संयोजनमा सामग्री बितरण गर्न शुक्रबार त्यसतर्फ लगिएको नेपाल महिला संघकी अध्यक्ष गीता नेपालले जानकारी दिइन् ।

उक्त सामग्रीहरु हस्तान्तरण गर्ने क्रममा नेपाली कॉंग्रेसका महासमिति सदस्य कृष्ण न्यौपाने, महिला संघ सिन्धुपाल्चोक अध्यक्ष गीता नेपाल, तरुण दलका उपाध्यक्ष कर्मा लामा, सचिब जित बहादुर थिंग, कोषाध्यक्ष निमा लामा, नेपाली कॉंग्रेस त्रिपुरासुन्दरी गापा अध्यक्ष देबीराज श्रेष्ठ, लिसंखुपाखर गापा अध्यक्ष डुबाछिरींग लामा, नेबिसंघ उपाध्यक्ष नबिन श्रेष्ठ लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ