arrow

बेवारिसे यार्सागुम्बा बरामद

logo
रासस,
प्रकाशित २०७७ साउन १७ शनिबार
yarsagumba.jpg

दार्चुला। जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो।

बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। प्रहरीले कूल ५३० वटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको उनको भनाइ छ। 

“दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ”, उनले भने। 

डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको जनाएको छ। निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ। “यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जान्छ”, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ