arrow

‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’

logo
रासस,
प्रकाशित २०७७ साउन १७ शनिबार
trichandra-college.jpg

काठमाडौं। रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ। क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो।

क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ।”

रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो। ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ। एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ