arrow

ब्रिटिश एयरवेजमा न्यूनतम कर्मचारी कटौतीका लागि सहमति

logo
एएफपी,
प्रकाशित २०७७ साउन १७ शनिबार
british-airways1.jpg

लन्डन। ब्रिटिश एयरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन्।

विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्ययन यूनियन (बाल्पा) ले जानकारी गराएको छ।

सम्झौता अनुसार कर्मचारीको महामारीको समयको वेतनमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने छ। उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ