arrow

बझाङको मस्टा गाउँपालिका अध्यक्ष कठायतले आफूलाई राजा भन्दै बृद्धलाई गरे दुर्ब्यवहार

दुर्व्यवहारमा वदनाम कठायतलाई यसअघी स्थानियले लगाएका थिए कालोमोसो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १९ सोमबार
karna-kathayat.jpg

बझाङ। पटक पटक आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिदै आएका बझाङको मष्टा गाउँपालिकाका अध्यक्षले फेरी एक बृद्धमाथि दुर्ब्यवहार गरेको घटना सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले केही दिन अगाडी मदिरा सेवन गरि सोही गाउँपालिका २ घर भएका ७५ बर्षिय पिरु रोकायामाथि बाटोको विषयलाई लिएर सार्वजनिक रुपमै दुर्ब्यवहार गरेका हुन् । अध्यक्ष कठायतले सार्बजनिक रुपमा मदिरा सेवन गरि बृद्घमाथी दुर्ब्यवहार गरेको भिडियो सामाजिक सन्जालमा भाईरल भएपछि सामाजिक सन्जालमा समेत अध्यक्ष कठायतको चर्को आलोचना भएको छ।

शनिबार अध्यक्ष कठायतले बृद्धमाथि गरेको ब्यवहारको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो। गाउँपालिकाका अध्यक्ष कठायतले बृद्ध पिरु रोकायाको बाडेगाउँमा रहेको देउपाटो भन्ने स्थानमा खेलकुद मैदान बनाउन खोजेको र बृद्ध रोकायाले आफ्नो दर्ता भएको जमिन र भोगचलन गर्दै आएको जमिनमा आफूलाई जानकारी समेत नदिई गाउँपालिकाले खेलमैदान बनाउन खोजेको कुरामा असहमती जनाएका थिए। बृद्धको असहमति भएपछि मदिराले मातिएका गाउँपालिकाका अध्यक्ष कठायतले बृद्ध रोकायालाई तथानाम गाली गलौज गरि हातपात गर्न तयार भएपछि स्थानीयहरुले गाउँपालिकाका अध्यक्षलाई रोकेका थिए । 

गाउँको विचमा रहेको गोलघरमा केही स्थानीयहरु बसेका थियौ घटनाका प्रत्यक्षदर्शि कलक रोकायाले भने, ‘अध्यक्षज्यु आए पछि एक्कासि पिरु रोकायालाई गालीगलौज र दुर्ब्यवहार गरेको देख्दा हामीलाई पनि दुख लाग्यो । सामाजिक संजालमा भाईरल भएको भिडियोमा गरेको कुराकानी सुन्दा अध्यक्ष कठायतले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी घमण्डी र पाखण्डी स्वभाव देखाएको प्रष्ट देखिन्छ ।’ 

अध्यक्ष कठायतले अभद्र शब्द प्रयोग गर्नुका साथै बृद्घ माथी हातपातको प्रयास गरेको र अरु स्थानीयले रोकेको स्पष्ट देख्न सकिन्छ । रोकायालाई अध्यक्ष कठायतले चुनावमा समेत आफुलाई भोट नदिएको आवेश पोख्नुका साथै गाउँपालिका अध्यक्ष तेरो बाउ हुँ, राजा हुँ भनि तथानाम गाली दिएको देखिन्छ । 

पिरु रोकायाका छोरा हरिचन्द्र रोकायाले गाउँपालिकाका अध्यक्षले आफ्नो बुबाप्रति गरेको ब्यवहार गैरकानुनी भएकाले सम्बन्धीत निकायले यसको छानविन गर्नुपर्ने बताए । उनले भने, सार्वजनिक प्रयोगका लागी जग्गा आवश्यक भए बुबा र आफुहरुसंग सल्लाह गरेर जग्गा निशुल्क पनि उपलब्ध गराउन सकिन्छ तर अध्यक्षको यस्तो खालको दादागिरी र रवैयाले हामी सबैलाई चोट लागेको छ ।

गाउँपालिका अध्यक्ष कर्ण कठायतले आफ्नो बचाउ गर्दै भने, गाउँमा रहेको देउपाटो गुठी जग्गालाई पिरु रोकायाले लुकिछिपी दर्ता गरेका रहेछन्, गाउँपालिकाले त्यस जग्गामा खेल मैदान बनाउने बिषयमा केही बिवाद भएको हो । 

यसअघि पनि अध्यक्ष कठायतले गाउँपालिकाको गाडीमा मदिरा सेवन गरेको, आर्थिक अनियमितता गरेको भन्दै कालोमोसो दलिएको थियो भने एक जना बिद्यार्थीसंग टेलिफोन कलमा समेत रबैया देखाएको घटनाहरु सार्बजनिक भएका थिए । अध्यक्ष कठायतको कार्यशैली र ब्यवहारले एक पटक कालो मोसो लागेको थियो भने स्थानीयहरुसंग पनि दुई तीन पटक यस्तै लफडा भएको थियो । 
 
नेकपा जिल्ला कमिटीले सोध्यो स्पष्टीकरण 
यसैबिच आईतबार नेपाल कम्युनिस्ट पाटी जिल्ला कमिटी बझाङले अध्यक्ष कठायतलाई सोही घटनाका बिषयमा पाँच दिन भित्र स्पष्टीकरण सोध्ने जनाएको छ । एक बिज्ञप्ती सार्बजनिक गर्दै नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटीले यस घटनामा ध्यानाकर्षण भएको भन्दै पाटीको भदौ ३ गते बस्ने सचिवालयको बैठकबाट कारवाही गरिने जनाएको हो । 

नेकपाका जिल्ला कमिटी अध्यक्ष मिन बहादुर कुबर र सचिब दमन भण्डारीद्घारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ , यस घटनामा पार्टीका तर्फबाट अनुसन्धान, छानविन गर्ने, ५ दिन भित्र स्पष्टिकरण पेश गर्न लगाउने र भदौ ३ गतेको सचिवालयको बैठकबाट पार्टीको नियमावली र बिधान अनुसार कारबाही गर्ने कार्यालयको निर्णय भएको समेत बताईएको छ ।  
 
नेबिसघको आपत्ती  
यसै बिच सोही घटनाको बिषयलाई लिएर नेपाली काग्रेसको भातृ संस्था नेपाल बिध्यार्थी संघले समेत सोही घटनाको बिषयलाई लिएर आपत्ती जनाएको छ । आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै अध्यक्ष कठायतले गरेको ब्यवहारका बिरुद्घ आन्दोलनमा उत्रने बताईएको छ । नेपाल बिध्यार्थी संघ मष्टा गाउँपालिका अध्यक्ष बिनोद कठायतले हस्ताक्षर गरेको बिज्ञप्तीमा जनप्रतिनिधी भनेको जनताको हितमा काम गर्ने, जनजिबिकाका सुधारका पक्षमा अगाडी बढ्ने, स्थानिय तहमा भएका बिभिन्न समस्याको समाधान गर्ने र जनताको समर्थन गर्नुको साटो गाउँघरमा जाड रक्सी खाएर गाली गलौज गर्न, बृद्ध तथा बिद्यार्थीलाई गालीगालौज गर्ने, धम्क्याउने हैकमबादी र सामन्तबादी सोच भएका बिरुद्घ संर्घषमा उत्रिने चेतावनी समेत दिएको छ। बिज्ञप्तीमा आइन्दा यस्ता क्रियाकलाप नगर्न समेत सुझाव दिएको छ । संघका मष्टा गाउँपालिका अध्यक्ष बिनोद कठायतका अनुसार संघले यही साउन २० गर्ने बिरोध र्याली निकाल्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ