arrow

पत्रकार तेजु खड्काको स्मृतिमा अक्षय कोष 

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
teju-khadka-patrakar.jpg

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाले स्व पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतिमा अक्षय कोष स्थापना गर्ने भएको छ । 

प्रेस युनियनले सोमबार दिपायलमा एक कार्यक्रमको आयोजना गरी अक्षय कोष स्थापनाका लागि विभिन्न संघ, संस्था, व्यक्ति तथा सरकार संग सहयोग आह्वान गर्ने निर्णय गरेको हो ।

स्व खड्का नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुन् । उनी तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट रिपोर्टिङ्ग गरी फर्किने क्रममा बेपत्ता भएका थिए । गएको मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उनकै भएको डिएनएबाट पुष्टि भएको थियो ।

युनियनले घटना रहस्यपूर्ण रहेको भन्दै घटनाको गहिरो अनुसन्धान हुनुपर्ने र उनका परिवारलाई राज्यले राहत उपलबध गराउनु पर्ने माग राख्दै आएको छ ।

घटना रहस्यमय र शंकास्पद भएकाले घटनाको पुनः गहिरो छानबिन र मृतक पत्रकारका परिवारलाई राज्यबाट क्षतिपूर्तिको व्यवस्था हुनु पर्ने प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए । 

उनले मृत्युको कारण पत्ता नलागेसम्म युनियनले निरन्तर उक्त मुद्धा उठाइराख्ने बताए ।

बैठकमा स्वास्थ्य सामग्री वितरण, रेडियो नेपालबाट बिना कारण निस्कासन गरिएका पत्रकारको पुनर्वहालीका लागि संघर्ष जारी राख्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ