arrow

बुलेट बाइकसहित बेपत्ता पंकज मृत भेटिए

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ साउन २० मंगलबार
Untitled-151.jpg

स्याङ्जा । बुलेट बाइकसहित एक महिनादेखि बेपत्ता स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाडस्थित भिरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए । 

पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले पहिचान गरेको कणेलको भनाई छ । यसअघि आइतबार सिद्धार्थ राजमार्ग भन्दा ५–६ सय मीटर तल भालुपहाडको फेदीस्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।
 
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बुलेट मोटरसाईकल सहित बेपत्ता भएका थिए । 

पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिनदेखि बेपत्ता रहेका थिए । 

बेपत्ता भएपछि गिरीका परिवारले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी सहितको निवेदन दर्ता गरेका थिए । 

खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो ।
 
पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । 

घटनाबारे अनुसन्धान शुरु गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । घट्नाको सत्यतथ्य छानविन गर्न परिवारको आग्रह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ