arrow

सिरियामा रसियाली आक्रमण समस्याग्रस्त : नेटो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
602328688.jpeg

 

ब्रसेल्स । सिरियामा जारी रहेको रसियाली आक्रमण दिन प्रतिदिन समस्याग्रस्त बन्दै गएको टिप्पणी नेटो सेनाले गरेको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टबर्गले भन्नुभयो– पछिल्लो समयमा सिरियामाथि रसियाले जारी राखेको हवाई आक्रमण प्रतिदिन समस्याग्रस्त बन्दै गएको छ यसले आइएसका विरुद्ध गरिने भनिएको कारबाहीका पक्षमा कत्तिपनि कामगर्न सकिरहेको छैन । रसियाली सेनाले सिरियामा जारी राखेका क्रियाकलापहरु नाटकीय रुपमा फैलिँदै गएको पनि बताउनुभयो । उहाँले आफूहरुले पछिल्लो समयमा सिरियामा गरिएको रसियाली आक्रमणको बारेमा अनुसन्धान गर्ने र सैनिक क्रियाकलापको मूल्याङ्कन पनि गर्ने जानकारी दिनुभएको बताइएको छ । 
 
 
रसियाली सेनाले गएको हप्तादिन देखि सिरियामा हमला गरिरहेको छ । सिरियाको होम्स सहरमा सो सेनाले आक्रमण जारी राखेको छ । सो आक्रमणमा परी सयजना भन्दा बढीको ज्यान गएको पनि बताइएको छ ।  महासचिव स्टल्टबर्गले रसियाली सेनाले सिरियामा नेटोको आकासको पनि उल्लङ्घन गरेको भन्दै त्यसको विरोध गरेको अर्काे एक समाचारमा जनाइएको छ । 
 
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सन् २०११ देखिहालसम्म यस आन्दोलनमा परी २ लाख ४० हाजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । अहिले पनि सिरियामा गृहयुद्ध जारी नै रहेको बताइएको छ । 
 
यस आन्दोलनका कारण लाखौं व्यक्ति घाइते भएका छन्भने लाखौं व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन् । पछिल्लो समयमा सिरियामा आइएसको आक्रमण बढ्न थालेकोले अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले हमला थालेका छन् । यसबीच अमेरिकी आग्रहमा नै भन्दै सिरियामा रसियाले पनि हवाई कारबाही थालेको हो । तर सो आक्रमण सिरियाली सरकारकै पक्षामा गरिएको भन्दै अमेरिकाले विरोध गरेको छ । 
 
सो कारबाहीमा ऐक्यबद्धता स्वरुप नै रसियाली सेनाले पनि आक्रमण गरेको बताइरहेको छ । तर सो आक्रमण अमेरिकी सेनाले तालिम दिएका विपक्षी विद्रोहीका विरुद्ध रहेको अमेरिकाको भनाई छ । सोही कारण पनि अमेरिकाले रसियाली सेनासँग सहकार्य नगर्ने बताएको छ । रसियाली र अमेरिकी सेनाले त्यहाँ छुट्टाछुट्टै आक्रमण जारी राखेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ