arrow

आईपीएलको प्रमुख प्रायोजक चिनियाँ मोबाईल कम्पनी भिभो बाहिरियो

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
ipl-cricket.jpg

काठमाडौं। ईण्डियन प्रिमियर लिग (आईपीएल)को २०२०को संस्करणमा मुख्य प्रायोजकबाट चिनियाँ मोबाईल कम्पनी भिभोले आफ्नो नाम झिकेको छ । भारतमा चिनियाँ सामानहरु उपभोग नगर्ने अभियान नै चलिरहेको समयमा भिभोले यस्तो निर्णय गरेको हो ।

कोरोना भाईरस महामारीका कारण भारतबाट बाहिर संयुक्त अरब ईमिरेट्सको दुबईमा हुने आईपीएलका खेलहरु गर्ने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ। उक्त निर्णयलाई भारत सरकारले स्विकृती भने दिसकेको छैन्। स्विकृती पाएमा सेपटेम्बर २०२०मा आईपीएल दुबईमा आयोजना हुनेछ।

भारत र चीनका बिच लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडप पछि चीन र भारत बिचको सम्बन्धमा तनाव थपिएको छ। उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए भने चीनतर्फ पनि हताहती भएको अपुष्ट खबरहरु बाहिर आएको थियो।

भिभोले सन् २०१७मा आईपीएलको प्रायोजनको ‘बिड’ जितेको थियो। सन् २०२२सम्म रहेको उक्त सम्झौतामा यसपालीको प्रायोजनबाट भिभो बाहिर निस्केको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भीभोले सन् २०२१, २०२२ र २०२३ मा प्रायोजन गर्ने बताएको छ।

भारतले चिनियाँ एप्स टिकटक लगायत ५९ एपलाई प्रतिबन्ध लगाए पछि भारतमा चिनियाँ वस्तुहरु प्रतिबन्ध लगाउने र प्रयोग नगर्ने बहश र अभियान शुरु भएको छ। भारतमा बर्षेनी चीनले रक्षाबन्धनको समयमा ४ हजार करोडको राखी निर्यात गर्ने गरेकोमा यसपाली कुनै पनि राखी चीनबाट आयात भएन।

भारतले ५९वटा चिनियाँ एप्सहरु माथि प्रतिबन्ध लगाईसकेको छ। भारतमा चिनियाँ सामानहरु र सेवाहरुलाई प्रतिबन्ध लगाउनु पर्ने सामाजिक संजाल र मिडियाहरुमा बहश छेडिएको छ। यसैक्रममा भारतले बिभिन्न ठुला परियोजनाहरुबाट पनि चिनियाँ कम्पनीहरुको सम्झौता रद्द गरिसकेको छ। यसैक्रममा भारतीय क्रिकेट बोर्ड पनि चिनियाँ प्रायोजकलाई लिएर ठुलो दवाबमा रहेको थियो।

आईपीएलको प्रायोजकमा चिनियाँ कम्पनी बाहिरिए पनि टिमहरुसँग पनि चिनियाँ प्रायोजक रहेकोमा त्यसबारेमा भने कुनै पनि निर्णय भएको छैन। भिभोले पाँच बर्षका लागि ४४० करोड भारतीय रुपियाँमा आईपीएलको प्रायोजन पाएको थियो। भारतीय क्रिकेट बोर्डले नयाँ प्रायोजकको अन्तिम निर्णय आउने दिनमा गर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ