arrow

पाँच चाँदीको इँटा, जनकपुरको माटो, मोदी र योगीलाई सम्मानपत्र लिएर अयोध्या निस्किए जानकी मन्दिरका महन्थ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन २० मंगलबार
janakpur-mahant.jpg

धनुषा । भारतको अयोध्यामा गरिने भगवान श्री राम मन्दिरको भुमि पुजन (शिल्यानास) कार्यक्रममा सहभागी हुन जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान गरेका छन्।  आयोध्यावाट जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासलाई निमन्त्रणा आएपछि राजा जनकको प्रतिनिधित्व गर्दै अयोध्या प्रस्थान गरेका हुन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतको अयोध्यामा गर्ने शिल्यानास कार्यक्रममा जनकपुरधामवाट पाँचवटा चाँदीको इँटा र जनकपुरको माटोसहित जानकी मन्दिरका महन्थ मंगलबार अयोध्या प्रस्थान गरेका हुन्।  उनले एक किलोका दरले पाँचवटा चाँदीको इटा त्यसमा जय श्रीराम लेखिएको र जनकपुरधामको माटासहित भारतीय प्रधानमन्त्री मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका लागि सम्मानपत्र लिएर गएका छन् । 

भारतको उत्तर प्रदेश राज्यमा सरयुग नदिको किनारामा रहेको बहु प्रतिक्षित श्री राम मन्दिर निर्माणको लागि बुधबार मोदीले भूमि पूजन गर्ने कार्यक्रम रहेको छ । भुमि पूजन कार्यक्रम तय भएको तथा जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र (निवेदन) आएपछि जानकी मन्दिरका महन्थ दास माटो र ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन्।

महन्त दासले जटही नाकासम्म नेपाली नम्बर पलेटको गाडीबाट गएको र सिमापारीवाट अर्को इन्डियन नम्बर पलेट सवारीमा उनी अयोध्या पुग्ने बताइएको छ ।

विश्व हिन्दु परिषदले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना पाँच जनाको टोली सहित अयोध्या प्रस्थान गरेका छन् ।

जगतजननी माता सीताको माइती पक्षबाट राजा जनकको रुपमा सहभागी हुन महन्थ दास श्री रामजन्ममूमि तिर्थ ट्रष्टको निमन्त्रणमा जनकपुरधामबाट गएका हुन । राम मन्दिर निर्माणको लागि गरिने भूमि पूजन कार्यक्रममा आमन्त्रित १ सय ७५ प्रतिष्ठित पाहुनाहरू मध्ये महन्थ दास पनि एक हुन । ट्रस्टका महासचिव चंपत रायले आमन्त्रित पठाएका थिए ।

यसैबीच माता सीताको ससुरालमा वर्षौपछि उनको घर निर्माण भइरहेको खुशयालीको रुपमा भूमिपूजनका दिन भोली बुधबार जनकपुरधामसहित मिथिलाभरि दिपावली मनाउन आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ