arrow

मूर्दाहरुको अचम्मको शहर : जहाँ कोही जाँदैनन्, गएकाहरु फर्किँदैनन् 

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
chihan_ghar.jpg

काठमाडौं । रूसको उत्तरी ओसेटियाको सुदूर वीरान इलाकामा दर्गाव्स नामको एउटा गाउँ छ । यो ठाउँलाई ‘सिटी अफ द डेड’ अर्थात् लासहरुको शहर नामले चिनिन्छ । यो ५ वटा उच्च उच्च पहाडहरुले घेरिएको छ ।

यहाँ सेता सेता पत्थरहरुले बनेका सानासाना झुपडीहरु रहेका छन् । यहाँ ४ वटा उच्च उच्च भवनहरु समेत रहेका छन् । 

यो शहर भित्रका हरेक भवनमा मानिसहरुको समाधि राखिएको छ । यो विल्डिङहरु जति उचाईँमा रहेको छ त्यही नै बढी शब रहेको छ । यसरी हरेक घरका झुप्राहरु एक कब्र हुन् । हर कब्रमा अनेक मानिसहरुको शव गाढिएको छ । सबै कब्रहरु झण्डै १६ औं शताब्दीसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

यसमा रहेका अस्थिपञ्जरको आधारमा यो १६ औं शताब्दीको एक विशाल कब्रिस्तान रहेको बताईएको छ । यो हरेक घर एक एक परिवारसँग सम्बन्धित रहेको छ । 

यो ठाउँको विषयमा स्थानीयहको भिन्न भिन्न दाबी तथा मान्यताहरु रहेको छ । मान्यता छ कि यो उपत्यकामा जाने मानिसहरु फिर्ता हुने गरेका छैनन् । त्यही सोचका कारण हुनसक्छ । अहिले त्यहाँ कोही पनि पर्यटकहरु जाने गरेका छैनन् । यहाँसम्म जाने बाटो पनि सहज भने छैन । पहाडको बीचबाट जानुपर्ने यो बाटो हुँदै जाँदा ३ घण्टा लाग्दछ । यहाँको मौसम पनि यात्राको लागि सबैभन्दा कठिनाई हो । 

पुरातत्वविदको राय 

यो ठाउँमा पुरातत्वविदको बहुत रूचि थियो । उनीहरुले यो ठाउँलाई लिएर असामान्य खोजी समेत गरिसकेका छन् । पुरातत्वविदहरुका अनुसार यहाँ कब्रहरुको साथ एक नाउ मिलेको छ । उनीहरुको अनुसार एउटा शवलाई काठको आकारमा गाढिएको थियो । जसको आकार नाउको जस्तै बनेको छ ।

यसको वरीपरि नदी छैन । तर, यहाँ नाउ कसरी आईपुग्यो भनेर पुरातत्वविद्हरु रहस्य खोजीमा लागेको बताईएको छ । उनीहरुको मान्यता यो छ कि आत्मालाई स्वर्गसम्म पुर्याउने नाउको रुपमा उनीहरुले यसलाई मानेका छन् । 

यहां पुरातत्वविदहरुका अनुसार त्यहाँ एक कुवा पनि मिलेको छ । परिवारले शवलाई त्यहाँ गाडेपछि परिवारले सिक्का पनि फ्याक्ने गरेको हुनसक्ने आशंका गरेका छन् । त्यहाँ सिक्का तलाउको ढुंगासँग ठोकियो भने त्यो आत्मा स्वर्ग पुग्ने भन्ने विश्वास रहेको उनीहरुले बताएका छन् । तर, यो अहिलेसम्म त्यहाँ गएका मानिस फर्किँदैनन् भनिएपनि पुरातत्वविद्हरुले कसरी त्यहाँको अध्ययन गरे ? त्यो भने स्पष्ट पारिएको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ