arrow

कोरोना संक्रमण बढ्दै जाँदा उपत्यकामा आइसीयू नै नपाउने अवस्था, सरकार देखिएन गम्भीर

logo
पीबी चन्द,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
icu-hospital.jpg

काठमाडौं। चैत ११ गतेदखि गरिएको लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ। असार अन्तिम साता संक्रमितको सख्या कम देखिएपछि सरकारले साउन ६ गते देखि लकडाउनलाई खुला गरेको थियो।

पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ। बिहीबार मात्रै नेपालभरि कोरोना संक्रमितका ३ सय ६० नयाँ केस भेटिएका छन । कोरोना संक्रमितको सँख्या बुधबार मात्रै ३ सय ८१ जना भेटिएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ। बिहिवार वेलुकासम्म कुल संक्रमितको सँख्या २१ ह्जार ७ सय भन्दा माथि पुगिसकेको छ।

पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सँख्या समेत ह्वात्तै बढिरहेको छ। शुक्रबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ६७ जना पुगिसकेको छ। सँक्रमितको सँख्या बढ्नु, मृतकको सँख्या बढ्नु र पछिल्लो समय देखिएका लक्षणसहीतका केसहरुबाट नेपालमा कोरोना भयावह बन्दै गइरहेको जनाइन्छ।

यसैबीच पछिल्लो समय कोरोनाका सम्भावित विरामी समेत ह्वात्तै बढेका छन्। काठमाडौं उपत्यकामा रहेका करिब ९ सय आइसीयु बेडमध्ये ६ सय वेड विभिन्न किसिमका बिरामीले भरिएका स्वास्थ मन्त्रालय स्रोतले बताएको छ। काठमाडौं उपत्यकाका नीजि तथा सरकारी अस्पतलामा गरेर कुल ९ सय आइसीयु बेड रहेका छन्। त्यसमध्ये ६ सय वटा बेड विभिन्न विरामीले भरिएका छन्। लक्षण सहितका संक्रमित बढेको खण्डमा आइसियु बेड पाउन मुस्किल पर्ने जानकारहरुले बताएका छन्। अधिकाशं ठाउँमा सर्वसाधारण तथा अन्यले कोभिङबाट बच्नको लागि सुरक्षात्मक उपायहरु नअपाउदाँ संक्रमण बढेको बताइएको छ।

यद्यपि सरकारले यसको औपचारिक रुपमा सार्वजनिक जानकारी गराएको छैन। पछिल्लो एक हप्ताकै अनुपातमा आइसीयु बेड प्याक हुँदै गएमा काठमाडौंमा आइसीयु बेड नै अपुग हुने देखिन्छ। पछिल्लो समय मुलुकभरि नै कोरोनाका गम्भीर केस बढ्न थालेकाले भेन्टिलेटरको समेत आवश्यकता हुन सक्ने र भेन्टिलेटर पनि नपाइने स्वास्थ मन्त्रालय स्रोत बताउँछ।

अहिलेसम्म मुलुकभरि कुल १७ सय आइसीयु बेड रहेका छन्। करिब ९ सय आइसीयु बेड काठमाडौं उपत्यकाभित्रै भएकाले बाँकी ठाउँमा करिब ८ सय आइसीयु बेड रहेका छन्। त्यस्तै मुलुकभरि साढे ९ सय भेन्टिलेट रहेका छन्। पछिल्लो हप्ता काठमाडौंमा भेटिएका अनुपातमा बिरामी बढ्दै गएका आइसीयु र भेन्टिलेटरको पाउनै मुस्किल देखिन्छ।

सरकारको तयारी के छ ?
सरकारले लेबल १, लेबल २ र लेबल ३ का बिरामीका लागि विभिन्न अस्पतालमा र प्रादेशिक क्लिनिकमा गरी मुलुकभरि कुल ४ सय ९ वटा आइसीयु बेट छुट्याएको छ। ३ वटै लेबलका बिरामीका लागि विभिन्न अस्पताल र प्रादेशिक क्लिनिकमा गरी सरकारले १ सय ६० वटा भेन्टिलेटर छुट्याएको छ। स्वास्थ सेवा विभागको तथ्याङ्क अनुसार लेबल ३ अर्थात बिशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवाका लागि १ सय ५३ वटा आइसीयु र ५२ वटा भेन्टिलेटर सरकारले छुटयाएको छ। त्यसबाहेक लेबल २का बिरामीका लागि १ सय ४० आइसीयु र ५९ भेन्टिलेटर तथा लेबल १ का लागि ८७ आइसीयु र ३९ भेन्टिलेटर सरकारले छुट्याएको छ। त्यस्तै प्रादेशिक क्लिनिकमा २९ वटा आइसीयु र १० वटा भेन्टिलेटर छुट्याइएको स्वास्थ सेवा विभागको विवरण रहेको छ।

उपचारका लागि केही सुरसार देखिएन : विज्ञ
कोरोना संक्रमितका गम्भीर बिरामी बढ्दै गएपनि उपचारको लागि सरकारले केही सुरसार नगरेको विज्ञहरुले बताएका छन् । स्वास्थ सेवा विभागका पूर्वमहानिर्देशक लक्ष्मीराज पाठकले सरकारले सुरु देखि नै गम्भीर गल्ती गर्दै आएको र कोरोनाका गम्भीर बिरामी फेला पर्दा समेत उपचारको लागि केही सुरसार नगरेको बताए। ‘उपचारका लागि आइसीयु चाहियो, भेन्टिलेटर चाहियो । त्यसको लागि केही तयारी नै  छैन’ उनले भने, ‘वीरगञ्जले त हात उठाइसक्यो हामी सक्दैनौं भनेर। उनीहरुसँग उपलब्ध भएको आइसीयु भेन्टिलेटर सबै प्रयोग भए अब चाँही हामी सक्दैनौं भनेका छन्। त्यो परिस्थिति अब सबै ठाउँ आउन सक्छ।  त्यसको लागि केही सुरसार नै देखिएन।’

त्यस्तै पाठकले सरकारले अझ पनि परिक्षणको सँख्या भन्दा पनि दायरा बढाउनुमा केन्द्रित हुनुपर्ने बताए। ‘परिक्षणको सँख्या बढाउनु भन्दा पनि दायरा बढाउनु उपयुक्त हुन्छ। दायरा बढाएर सम्भावित स्थानलाई मात्रै लकडाउन गर्नुपर्छ’ उनले भने, ‘दिल्लीले जस्तै सर्वेक्षण गरेर दायरा बढाएर सतर्कता अप्नाउँदै अघि बढ्नु पर्छ।’

सरकारलाई केही थाहा छैन
सरकारले कोभिड–१९ महाकारीका सन्दर्भमा एक अन्तरिम निर्देशिका जारी गर्दै कोरोनाका संक्रमितका लागि आइसीयु र भेन्टिलेटरको सँख्या तयार पारेको थियो । सोही निर्देशिका अनुसार ४ सय ९ आइसीयु र १ सय ६० भेन्टिलेटर सरकारले तीन लेबलका बिरामीका लागि तयारी अवस्थामा रहेको थियो। पछिल्लो समय कोरोनाका गम्भीर बिरामी समेत बढ्दै गएपछि सरकारले पुरानै तयारी अनुसार अघि बढ्ने रणनीति लिएको छ।

आइसीयु र भेन्टिलेटरको सँख्या थपघटको विषयमा पछिल्लो जानकारी लिन हाम्राकुरा डटकमले स्वास्थ मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवलाई सम्पर्क गर्दा उनले आफुलाई केही पनि जानकारी नभएको प्रतिक्रिया दिए। ‘मुलुकभरि कुल कति आइसीय छन्, कति भेन्टिलेटर छन् मलाई केही थाहा छैन’ उनले भने, ‘तपाईलाई आइसीयु र भेन्टिलेटरको सूचना आवश्यक पर्यो। यसरी अरुलाई अरु नै किसिमका सूचना चाहिएको हुन्छ। दिनमा धेरै वटा फोन आउँछन्। मैले अरुबाट जानकारी लिएर पनि केही भन्न सक्दिन्नँ।’सरकारले उपत्यकामा आइतवार देखि अत्य आवश्यक बाहेकका कार्यालयहरु बन्द गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ