arrow

बीपी साहित्य सम्मान ज्ञानमणी नेपाललाई र बीपी सेनानी सम्मान होमनाथ दाहाललाई दिइने

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
BP-Koirala.jpeg

काठमाडौं। जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा दिदै आएको बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई र बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने भएको छ ।

एक लाख एक हजारको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार नेपाललाई र एकाउन्न हजार पुरस्कार राशीको बीपी सेनानी सम्मान दाहाललाई दिने निर्णय गरेको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट नेपाल र दाहाललाई सम्मान गर्ने निर्णय गरेको हो ।

पुरस्कारहरु आगामी भदौ २४, गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।

यसभन्दा पहिले २०७१ मा बी.पी. साहित्य सम्मान वरिष्ठ साहित्यकार स्वर्गीय रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नृतन थपलियालाई, २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्वर्गीय तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्य तर्फ प्रा.डा.अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्वर्गीय चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काँहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ