arrow

सिन्धमा पाकिस्तानको ज्यादती विरुद्ध प्रदर्शन, प्रदर्शनका सात सहभागीकै अपहरण

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
pakistan-protest.jpg

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तमा सिन्धबासीहरुले सरकारी दमन र जबरजस्ती बेपत्ता पार्ने सरकारी कदमविरुद्ध प्रदर्शन गरेका छन् । 

सिन्धबासीहरुले सहिद बेहाजिर अबाद जिल्लाको क्‍वाजी अहमेद सहरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरुले 'राज्य आतंक बन्द गर', 'अधिनायकवाद अन्त्य गर र सिन्धमाथिको ज्यादती रोक', लगायतका नारा लेखिएका ब्यानरहरु समातेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले राजनीतिज्ञहरुको अपहरण रोक्न‍समेत माग गरेका छन् । 

महिनौंदेखि बेपत्ता पारिएका व्यक्तिहरुमा परिवारका सदस्यहरुसमेत सडकमा उत्रिएका थिए । 

जर्मनीमा निर्वासनमा रहेका जेएसएमएमका प्रमुख साफी बुरफातले भने, "उक्त र्‍याली अपहरणमा परेका राजनीतिक व्यक्तिहरुको सुरक्षित रिहाइका लागि आयोजना गरिएको हो ।" 

उनले पाकिस्तानी सेना र आईएसआईले सिन्धका राजनीतिज्ञहरुलाई अपहरण गर्ने गरेको बताएका छन् । उक्त र्‍यालीका क्रममा पनि सातजनालाई अज्ञात समूहले अपहरण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ