arrow

संजय दत्त आइसीयूमा 

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
Sanjay-Dutt.jpg

काठमाडौं । बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि लीलावती अस्पतालमा भर्ना भएका हुन् । 

उनलाई लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ । 

उनको शनिबार गरिएको कोरोना भाइरसको परीक्षण एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो । 

६१ वर्षीय दत्तको पीसीआर परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ । नतिजा आइसकेको छैन । 

उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । मेरो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले पनि दत्तको स्वास्थ्य ठीक रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ