arrow

अस्पतालको ढोकाबाटै फर्काएर जीवन गुमाएकी बिष्णु लामालाई कोरोना पुष्टी, रुँदै सडकमा आएका आफन्तलाई लाठीचार्ज

७ प्रहरी सहित ७५ मा पनि देखियो कोरोना, भारतीय महावाणिज्य दुतावासका लर्का पनि संक्रमित

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन २५ आइतबार
police-street-birgunj-coron.jpg

काठमाडौं। अस्पतालको ढोका ढोका चाहर्दा पनि उपचार गर्न नपाएकी वीरगंज महानगरपालिका वडा नं। २ की २० वर्षीय विष्णु लामाको निधनपछि गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टी भएको छ। थाइराइडको समस्या रहेको उनलाई साउन २३ गते शुक्रवार ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि एडभान्स अस्पतालमा भर्नाको लागि लगिएको थियो तर अस्पतालले भर्ना लिन मानेन ।

लामाको छिमेकी तथा उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अध्यक्ष अजित भुजेलका अनुसार नारायणी अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, भवानी हस्पिटल, तराई हस्पिटल, वयोधा हस्पिटल, वीरगंज हेल्थ केयर, गण्डक अस्पताल सबैतिर ई–रिक्सामा बिरामी विष्णु लामालाई राखेर घुमाउँदा घुमाउँदै गण्डक अस्पतालमा गएर १२ बजे राती बिष्णुले प्राण त्यागिन । 

निधनपछि उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना भएको पुष्टी भएको हो । उपचारका बेला प्रशासनदेखि सबैतिर हारगुहार गर्दा साथ नपाएका बिष्णुका परिवारको अहिले छोरी गुमाएपछि स्वाब परिक्षण हुने भएको छ । 

अस्पताल चाहार्दा चाहर्दै जीवन गुमाएकी बिष्णुका आफन्तले आइतवार विहान प्रदर्शन गरेका छन् । विरामी भर्ना लिन नमान्ने अस्पताललाई कार्वाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रशासनको आदेश लत्याएर विरामी भर्ना नलिने अस्पताललाई कार्वाही गर्नुको सट्टा प्रहरी उनीहरुकै सुरक्षा दिएर बसेको भ्नै स्थानियहरुले आक्रोश पोखेका थिए। सडकमा आएका बिष्णुका आफन्तहरुको रुवावासीले स्थानियहरुलाई थप पिडित बनाएको थियो। सडकमा आएका आफन्तहरुलाई प्रहरीले लाठीचार्ज गरि भगाएको छ।   

आइतवार बिहान नारायणी अस्पतालले बिष्णु सहित ७५ जनालाई कोरोना पुष्टी भएको तथ्य सार्वजनिक गरेको छ । ६० पुरुष र १५ महिला संक्रमित भएको अस्पतालले जनाएको छ। जसमा ७ जना प्रहरी रहेका छन्। 

संक्रमित ७ प्रहरीमा ६ जना जिल्ला प्रहरी कार्यालयको गार्ड रहेका छन भने एकजना एसपीको सुरक्षामा गाडीमै हिड्ने प्रहरी जवान रहेका छन् । बीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतो पनि संक्रमित भएका छन्। 

बिरगंजस्थित भारतीय महावाणिज्य दुतावासको सहायक प्रोटोकल अफिसर मेहर सन्दिप लर्का पनि संक्रमित भएका छन् । यसअघी सहायक महावाणिज्यदुत रमेश चतुर्वेदीका नीजि सहायक विकास कुमारलाई पनि कोरोना संक्रमण भएको थियो।

बिरगंजमा एकपछि अर्को गर्दै प्रत्येक दिन संक्रमण बढ्दै गएपछि स्थानियहरु प्रसासनसँग आक्रोशित भएका छन् । विरामीहरुको अस्पतालमा भर्ना नलिएको, चेकजाँच नगरेको तथा उचित उपचारको प्रबन्ध नगरिएको भन्दै स्थानियहरुले आइतवार विहान नारायणी अस्पतालमा ढुंगामुढा समेत गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ