arrow

कोरोना खेलकुदमा पनि छिर्यो, स्क्वास प्रशिक्षक सङ्क्रमित

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
hira-karki-squash-coach-cor.jpg

काठमाडौं । स्क्वास खेलका प्रशिक्षक  हिरा बहादुर थापा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पिसिआर परीक्षण गराएका थिए ।

परीक्षणको आइतबार रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा पहिलो पटक नेपाली खेलकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको हो । 
ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र  आफू पनि सङ्क्रमित भएको उनले बताए । 

उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन् । उनले परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराइने बताए । उनले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ