arrow

विलियनले चेल्सी छाडे, लेखे समर्थकलाई लामो पत्र 

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
willian.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार विलियनले इंगलिश प्रिमियर क्लब चेल्सी छाड्ने भएका छन् । उनले बिदाई पत्र लेख्दै चेल्सी छाड्ने निर्णय लिएको बताएका छन् । 

लण्डनमा झण्डै ७ बर्ष बिताएका विलियनले चेल्सी छाड्ने पक्का गरेका हुन् । ३२ बर्षका फरवार्डको चेल्सीसंगको सम्झौता सकिएको थियो । 

क्लबले उनलाई दुई बर्षको सम्झौता नविकरणको प्रस्ताव अघि सारेको थियो । तर उनले लण्डन क्लबसंग तीन बर्षको सम्झौता माग गरेका थिए ।

विलियन पछिल्लो समय अर्को लण्डन क्लब आर्सनलसंग जोडिएका छन् । उनी १ लाख पाउण्ड साप्ताहिक तलब पाउने शर्तमा आर्सनलमा जाने बताइएको छ ।

विलियनले क्लब र समर्थकलाई लामो पत्र लेख्दै अर्को सिजन चेल्सीबाट नखेल्ने बताएका हुन् । उनले ईन्स्टाग्राम मार्फत क्लब तथा खेलाडीलाई बिदाई पत्र लेखेका छन् ।

उनले आफ्नो ७ बर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद दिएका छन् । उनले आफु अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसंग बिदा मागेका छन् ।

चेल्सीमा रहँदा विलियनले ६३ गोल गरे भने ६२ गोलको अवसर सिर्जना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ