arrow

स्थानीय निकायको निर्वाचनका लागि तयार रहनुस् : शेखर

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
shekhar-Koirala.jpg.jpeg

मारेङ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले  स्थानीय निकायको निर्वाचन जुनसुकै बेला पनि हुनसक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

विराटनगरमा नेपाल कारखाना श्रमिक सङ्घले वुधबार गरेको सङ्गठनिक अभियान कार्यक्रममा कोइरालाले भने, ‘स्थानीय निकायको चुनाव जुनसुकै बेला पनि हुनसक्छ, तपाइँहरु तयार भएर बस्नुहोला ।’ यद्यपि, कांग्रेसकै अधिकांश नेताहरु तत्काल स्थानीय निकायको निर्वाचन हुन नसक्ने धारणा राख्दै आएका छन् ।

नेता कोइरालाले कारखाना मजदुरले न्यूनतम तलब नपाएको भन्दै सरकारलाई दबाब दिन आग्रह गरे । सरकार महँगी, कालोबजारी, कृत्रिम अभाव, भ्रष्टाचार रोक्न असमर्थ रहेको कोइरालाको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ