arrow

एमालेका वडाध्यक्षको निर्देशनमा कुटिएका दुई युवा अझै गम्भीर, विकास निर्माणमा घोटाला भएको भन्दै आवाज उठाएको नतिजा

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
kutpit-uml.jpg

कालिकोट । कालिकोटा जिल्लाको राष्कोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरजंङ शाहीको निर्देशन तथा उनकै भाइ र छोराको नेतृत्वमा स्थानीय युवाहरु कुटिएका छन् । 

वडाध्यक्ष शाहीको निर्देशनमा स्थानीय ६ जना युवा मरणासन्न हुने गरी पिटिएका हुन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । 

गत साउन १८ गते राजनीतिक शक्तिको दुरुपयोग गर्दै वडाध्यक्ष शाहीले ६ जनालाई कुटाएका हुन् । तीमध्ये कृष्ण शाही र प्रकाश शाही गम्भीर अवस्थामा अस्प्तालमा उपचाररत छन् । 

अन्य घाइतेहरुमा ललितबहाुर शाही, खग्रेन्द्र शाही, चिरञ्जीवी शाही र हिक्मत शाही रहेका छन् । कुटिनेमा चिरञ्जीवी, प्रकाश र कृष्ण नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका हुन् । ललित, खगेन्द्र र हिक्मत नेपाली कांग्रेस निकटका हुन् । 

दुःखको कुरा त यो छ कि पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी दिँदा पनि उजुरी लिनलाई प्रहरीले नमानेको बुझिएको छ । 

ललित नेपाली कांग्रेसका नगरकमिटी सदस्य हुन् । उनलाई नै कुट्न गएकाहरुले नेकपा निकटकालाई पनि कुटेका हुन् । 

प्रहरीले जाहेरी लिन नमानेको सन्दर्भमा सोध्दा नेकपाभित्रको आन्तरिक मामिला भएकाले आफूहरुले आन्तरिक रुपमा मिलाउने भन्ने खवर आएकोले घटना दर्ता नगरिएको भनी जानकारी गराएको पीडित पक्षको भनाई छ ।  

विगत लामो समयदेखि नगरभित्रको विकास र पारदर्शीताको आवाज उठाउँदै आएको भन्दै वडाध्यक्ष शाहीले ललितलाई मार्ने नै योजनाका साथ आक्रमण गरेको बताइन्छ । 

खानेपानी उपभोक्ता समिति गठनमा लापरबाही भएको र आफन्तको भर्ती केन्द्र बनाएपछि त्यसको विरोध गरेकाले त्यसकै प्रतिशोध स्वरुप ललितमाथि आक्रमण भएको एक पीडितकी आमाले बताइन् । 

आफ्नो छोरो पनि संगै रहेकाले कुटाइ खाएको उनको भनाई छ । नेकपाका आस्थावान पनि कुटिएकाले अब यस्ता पार्टीको समर्थन कहिल्यै नगर्ने पीडितले बताएका छन् । 

घटना ललितमाथि नै गर्न खोजिएको भए पनि उनी स्वयं ब्ल्याक बेल्ट डन भएकाले उनलाई कम क्षति भएको छ । उनको हात भाँचिएको छ । 

प्रहरीले ६ जनालाई पक्राउ गरी जेल हालेको छ । जेलमै एक जनालाई कोरोना भाइरसको आरडीमा पोजेटिभ देखिएपछि पीसीआर गर्ने निर्णय गरेको बताइएको छ । 

देउरा मालिकामा १८ गते दर्शन गर्न जाने क्रममा ललितहरु पिटिएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ