arrow

टर्कीका विश्वविद्यालयहरुमा भारतविरोधी अभियान

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २७ मंगलबार
turkey-geopolitical.jpg

काठमाडौं। टर्की र पाकिस्तान संयुक्तरुपमा भारतविरोधी अभियानमा सक्रिय भएका छन्। सन् २०१९ को अगस्ट यता टर्कीका विभिन्न विश्वविद्यालयहरुमा कश्मिरको मुद्दामा आधारित रहेर पाकिस्तानको समर्थन गर्दै ३० भन्दा बढी सम्मेलनहरु आयोजना गरिएका छन्।

यतिमात्रै हैन्, सन् २०१९ को सेप्टेम्बरमा भएको संयुक्त राष्ट्रसंघको साधारण सभामा समेत टर्कीले पाकिस्तानको समर्थन गर्दै कश्मिरको मुद्दा अघी सारेको थियो। टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोनले दक्षिण एसियाका मुस्लिम समुदायमाथि आफ्नो पहुँच बढाउन र मुस्लिम विश्वको अवधारणलाई बढावा दिनका लागि पाकिस्तानको साथ दिँदै आएका छन्। पाकिस्तान र टर्की इस्लामिक स्टेट संगठनका सदस्य समेत  हुन्।

राष्ट्रपति एर्दाेनबाट अघि सारिएका भारतविरोधी मुद्दाहरुलाई अन्य उच्च राजनीतिज्ञहरुले समेत समर्थन गर्दै शैक्षिक क्षेत्रसम्म पुर्याएका छन्। इन्डियन सेक्युरेटी एजेन्सीलाई उदृत गर्दै भारतीय मिडियाले जनाए अनुसार पाकिस्तानी एनजीओहरुको प्रायोजनमा त्यहाँ पछिल्लो एक वर्षमा त्यहाँ साना ठूला गरेर ३० भन्दा बढी सम्मेलनहरु आयोजना गरिएका छन्।

वर्ल्ड कश्मिर फोरमका सचिव गुलाम नबी फाइ र टर्कीका लागि पाकिस्तानी राजदुत सज्जद वजीले भारतविरोधी दुई दर्जन बढी सेमिनारमा भाग लिएका छन्। यति मात्रै हैन्, पाकिस्तानी राजदुतावास र वाणिज्य विभागले समेत जम्मु र काश्मिर मुद्दालाई उठाएर पाकिस्तानको समर्थन गर्दै भारतविरोधी सम्मेलनहरुको आयोजना गर्दै आएका छन्।

त्यस्ता सम्मेलनहरुमा भारतीय विद्यार्थीहरुलाई बढी जसो टार्गेट गर्ने गरेको पाइएको छ । जम्मु र कश्मिरबाट गएका विद्यार्थी र अन्य भारतीयविद्यार्थीहरुलाई त्यस्ता सम्मेलनमा सहभागी गराएर उनीहरुमा नै भारतविरोधी भावना बनाउन खोज्ने टर्की र पाकिस्तान योजनाबद्ध ढंगले लागेको भारतीय मिडियाहरुमा उल्लेख छ। भारतविरोधी सेमिनार आयोजना गर्ने मुख्य संस्थाहरु साउथ एसिया स्ट्राटीजीक रिसर्च सेन्टर, टर्की युथ फाउण्डेसन, रिजनल एक्सपर्ट ट्रेनिंग प्रोग्रामलगायतका रहेका छन्।

यी संस्थाहरुले राष्ट्रपतिको निर्देशनबाट सोझैं भारतविरोधी आन्दोलनहरु गर्दै आएका छन्। राष्ट्रपतिका प्रमुख सल्लाहकार याल्सी टोपकु जस्ता नेताहरुले समेत यस्ता अभियानमा उपस्थिती जनाउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ