arrow

युरोपा लिगः यस्तो बन्यो सेमिफाइनल समीकरण 

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
manutd17.jpg

काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा म्यान्चेष्टर युनाईटेड र सेभिया तथा शक्तर दोनेस्क र इन्टर मिलान खेल्ने छन् । 

पहिलो क्वार्टरफाइनलमा सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै म्यान्चेष्टर युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

युनाईटेड १–० गोलले विजयी भएको हो । निर्धारित ९० मिनेटसम्म गोल नभएपछि थपिएको समयको ९५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गर्दै युनाईटेडलाई जिताएका हुन् । 

दोस्रो क्वार्टरफाइनल खेलमा इन्टर मिलान विजयी भएर सेमिफाइनलमा पुगेको हो । इन्टरले बायर लिभरकुजेनलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो । 

इन्टरका लागि निकोलो बार्बेला ९१५ मिनेटमा० र रोमेलु लुकाकुले ९२१ मिनेटमा० १–१ गोल गरे । २ गोलले पछि परेको बायरले २५ मिनेटमै काइ हाभर्जको गोलबाट अन्तर कम गरे पनि त्यसपछि गोल नहुँदा खेल इन्टरको पक्षमा गयो । 

तेस्रो क्वार्टरफाइनल खेलमा शक्तर दोनेस्कले बाजललाई हरायो । मंगलबार रातिको खेलमा शक्तरले बाजललाई ४–१ गोल अन्तरले हरायो । 

शक्तरलाई विजयी गराउन जुनियर मोरेस्, ताइसन, एलन प्याट्रिक र डोडोले १–१ गोल गरे । बाजलका रिक्कीले इन्जुरी समयमा एक गोल फर्काएका थिए । 

चौथो क्वार्टरफाइनलमा सेभियाले मंगलबार रातिको खेलमा वुल्भरह्याम्पटन वान्डेरर्सलाई हरायो । 

सेभिया १–० गोल अन्तरले विजयी भयो । १३ औं मिनेटमा पाएको पेनाल्टी उल्भ्सका राउल जिमेनेजले गोलमा परिणत गर्न नसकेपछि टिमले हार्न पुग्यो । 

सेभियाका लुकास ओकाम्पोसले ८८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

अब सेमिफाइनलमा १६ अगष्ट राति १ः१५ बजे सेभियाले म्यान्चेस्टर युनाईटेडसंग र १७ तारिख राति १ः१५ बजे इन्टर मिलानले शक्तरसंग खेल्नेछ । 

फाइनल खेल अगष्ट २१ तारिख राति १ः१५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ