arrow

अयोध्याको राममन्दिरलाई २१ सय किलोको घण्टा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २८ बुधबार
rammandir-ghanta-aayodhya.jpg

काठमाडौं । अयोध्यामा बन्दै गरेको राम मन्दिरका लागि २.१ टन अर्थात् २१ सय किलो तोलको घण्टा बनिरहेको छ ।

प्रदेशको एटा जिल्लाको जालेसर कस्बेमा हिन्दू र मुस्लिम कारिगर मिलेर यो घण्टा निर्माणलाई अन्तिम रुप दिइरहेका छन् । 

यो घण्टा १५ किलोमिटर टाढासम्म सुनिने दावी गरिएको छ । यो अष्टधातुको घण्टा बनाउन निकै चुनौतीपूर्ण रहेको कारिगरहरु बताउँछन् ।

सुन, चाँदी, तामा, जस्ता, शिसा, टिनर मर्करी मिलाएर अष्टधातु बनाइन्छ । 

जालेसर म्युनिसिपल कर्पोरेशनका अध्यक्ष एवं वर्कसपका मालिक विकास मित्तलका अनुसार २५ जना मानिस एक महिनादेखि घण्टा बनाउन जुटिरहेका छन् । 

यसमा हिन्दू र मुस्लिम दुवै धर्मका मानिसहरु सामेल भएका छन् । 

विकासका भाइ आदित्य मित्तलका अनुसार यो घण्टा बनाउन २१ लाख भारु खर्च निस्किएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ