arrow

समुदायस्तरमै कोरोना : रंगेलीमा थपिए ९ संक्रमित

logo
किरण न्यौपाने,
प्रकाशित २०७७ साउन २८ बुधबार
rangelis.JPG

रंगेली । समुदायस्तरमै कोरोना फैलिएको रंगेलीमा बुधबार थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

रंगेलीमा समुदायका २२ जनाको कोरोना देखिएपछी कन्ट्राक ट्रेशिङ मा थप ९१ जनाको पिसिआर परिक्षण गर्दा थप ९ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए ।

संक्रमित हुनेमा ३ महिला र ६ पुरुष  रहेका छन् । जसमा रंगेली वडा नं. ५ का  ४ जना, वडा नं.६ का ४ जना र रंगेली वडा नं. ७ का १ जना गरी ९ जना संक्रमित रहेको प्रमुख मण्डलले बताए  । 

उनीहरुलाई रंगेली जनता क्याम्पसकै आईसोलेशनमा राखिने नगरपालीकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ