arrow

विमान चार्टर गरेर मेडिसिटी पुर्‍याइएका गिरीको कोरोनाबाट मृत्यु, जनकपुर शोकमा

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
Krishna-Giri-Death.jpg

जनकपुर । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ । कोरोना संक्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारको क्रममा उनको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको परिवारले जनाएको छ । उनको दुई छोरा र एक श्रीमती छन् ।

नेपाल परिवार नियोजन सङ्घ धनुषाको संस्थापक अध्यक्ष रहनुका साथै लगातार २५ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक भूमिका निर्वाह गरेका गिरी सो संस्थाको केन्द्रीय उपाध्यक्षमा समेत भइसकेका थिए ।

 विसं २०४४ देखि २०४६ सम्म जनकपुर नगरपालिकाका मेयर रहेका उनी नेपालमा पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । 

नेपाली काँग्रेस धनुषाको महासमिति सदस्य रहेका गिरी जनकपुरस्थित रामा होटलका सञ्चालक थिए । जनकपुरका साथै धनुषा जिल्ला समाजसेवाको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । 

उनको निधनले जनकपुरलाई धेरै क्षति भएको उल्लेख गर्दै रामयुवा कमिटि जनकपुरका पूर्वअध्यक्ष प्रमोद चौंधरीले कृष्ण गिरी निष्ठावान, इमान्दार एवम् स्वच्छ छविका समाजसेवी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ