arrow

साँखुमा तीन कोरोना सङ्क्रमित

logo
रासस,
प्रकाशित २०७७ साउन २८ बुधबार
corona-virus.jpg

काठमाडौं। शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन्। नगरपालिका–९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो। वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए।

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ। त्यसै शङ्खरापुर–७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ। बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए। बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ