arrow

नेयमार र एम्बाप्पेको सटिक पासले पीएसजी सेमिफाईनलमा

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
neymar-mbappe2.jpg

काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार केलियन एम्बाप्पेको सटिक पासको मद्धतले पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । २६ औं मिनेटमा मारियो पसालिसले अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा एम्बाप्पे मैदान प्रवेश गरेपछि एम्बाप्पे र नेयमारको जोडीले नियमित आक्रमण मात्र गरेन गोलका लागि सुन्दर पास दिएर टिमलाई जितायो । 

खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

ईन्जुरी समयमा एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोापो मोटिङले पीएसजीलाई जिताए । नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ