arrow

सिजी ब्राण्डको आधिकारीक वेवसाईट सुरु

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
CG-website-revised.jpg

काठमाडौं। नेपालको अग्रणी बाण्ड सिजीले आधिकारीक वेबसाईट www.cginspiringlife.com  लन्च गरेको जनाएको छ। लन्च गरिएको वेवसाईटबाट ग्राहक, डिलर लगायतलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देशले बनाईएको बताइएको छ। यस वेवसाईटमा उपभोक्ताहरुले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्ने  जनाइएको छ।

यस वेबसाईटमा सिजी ब्राण्डमा रहेका एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा सम्पूर्ण जानकारी पाइने बताइएको छ।

यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिने बताइएको छ। साथै वेबसाईटमा सिजीका सर्भिस सेन्टरहरुको स्थान र सम्पूर्ण नम्बर पनि राखिएको जनाएका छन।

स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्पर्क पनि गर्न सक्ने छन्। विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाईटमा हुनेछ। वर्तवान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफुले चाहेको सामानहरुको पूर्ण जानकारी लिई वेभसाइटबाट बुकिङ र खरिद समेत गर्न सकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ