- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लेप्जिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार राति एट्लेटिकोमाथि २–१ गोल अन्तरको जित निकाल्दै लेप्जिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
क्लब स्थापनाको ११ बर्षमा लेप्जिगले यो सफलता हासिल गरेको हो । ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए । एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल सकिन दुई मिनेट बाँकी छँदा टायलर एडम्सले गोल गर्दै लेप्जिगलाई अविश्वसनीय जित दिलाए ।
एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो ।
लेप्जिगले अब सेमिफाईनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संग प्रतिस्पर्धा गर्नेछ ।