arrow

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै संक्रमित

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
korea-south--coronavirus-job.jpg

साउन । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । 

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । 

कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३६७ जना संक्रमित भएका थिए ।

कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।

पछिल्लो समयमा भेटिएका नयाँ संक्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । 

संक्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरुले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।

देशका अन्य मुख्य सहरहरु बुसन, डेगुलगायतमा पनि संक्रमण फैलिएका विवरणहरु आइरहेका छन् । ती ठाउँहरुमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको संक्रमणका केन्द्रविन्दुहरु भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ संक्रमितहरु भेटिने गरेका थिए ।  

संक्रमितहरुको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ