arrow

१० बजेसम्म मात्र पसल खोल्न पाइने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ३२ आइतबार
dhanusa.JPG

धनुषा । धनुषाका प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी समुदायस्तरमा कोरोना संक्रमण बढिरहेको भन्दै पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सिडिओ  प्रेम प्रसाद भट्टराईका तर्फबाट जारी विज्ञप्तिमा आइतबार राती १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि सो निर्णय गरिएको उल्लेख छ।  सार्वजनिक सूचना अनुसार कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सोमबार विहान १० बजेसम्म मात्र पसल खोल्न पाइने छ ।

यसका साथै, जस्तोसुकै पसल भएपनि पसलेले अनिवार्य रुपमा मास्क, ग्लोब्स र सेनिटाइजर प्रयोग गरी मात्र क्रेतलाई समान दिन भनिएको छ  । सो क्रममा विक्रेतालाई मास्क, पन्जा नभएको अवस्थामा पसलेले अनिवार्य रुपमा क्रेतालाई सो समाग्री उपलब्ध गराउनुपर्नेछ । त्यस्तो गरिएको नपाइए कानुन बमोजिम कारवाही गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जिल्लाभरि पसलहरुमा उद्योग वाणिज्य संघ धनुषा र स्थानीय प्रशासनले सोको निगरानी र अनुगमन गरिने जनाइएको हो । ग्रामिण भेगसहित शहर क्षेत्रमा लाग्ने हाट बजारमा भौतिक दुरी कायम गरी मात्र बजार लगाउन निर्देशन दिइएको छ । सोको अनुगमन भने स्थानीय तह अर्थात, सम्बन्धित गाउँपालिका, नगरपालिकाले गर्ने  छ । 

सिडिओ भट्टराईले जनकपुरको विभिन्न स्थानमा वा अन्य ठाउँमा पनि डेरामा बस्ने स्वास्थ्यकर्मीसँग घरबेटी ले दुर्व्यवहार गर्ने गरेको व्यापक गुनासो बढेको भन्दै दुर्व्यवहार गरेको पाइए तत्काल उजुरीको आधारमा घरबेटीलाई कारवाही गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ