arrow

त्रिविमा यसरी हुन्छ आंशिक प्राध्यापकलाई भेदभाव

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकमाथि चरम भेदभाव भएको पाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले हालै पास गरेको निर्देशिकामा आंशिक प्राध्यापकमाथि चरम भेदभाव गरेको पाइएको हो । 

यो निर्देशिकाले आंशिकको समस्या समाधान गर्ने अवस्था छैन । रु ३६० रुपैयाँलाई पाँच सय बनाइएको छ । त्यस्तै एक सय ५० घण्टी गुणा पाँच सय गरी ७५ हजार रुपैयाँ आठ महिनासम्म पुर्याई पुर्याई दिने भनिएको छ ।

यो हप्तामा ६ घण्टी पढाउनेहरूको लागि हो । त्यसैगरी त्रिविले तोकेको पूर्ण कक्षाभार हप्तामा १२ घण्टी पढाउनेले ४२ हजारभन्दा बढी मासिक तलब खाँदा त्यति नै कक्षा भार पढाउने आंशिकले एक वर्षमा रु। एक लाख ५० हजार मात्रै पाउने छन् ।

अब त्यो निर्देशिका क्याम्पसमा पठाइने छ । त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सेवा आयोगमा शिक्षकहरुलाई जागिरको आह्वान गर्यो तर यो परीक्षामा आंशिक शिक्षक सहभागी हुन नपाउने व्यवस्था भयो । आयोगले टन्नै सिटमा दरबन्दी राखे पनि कोटा नपुग्ने अवस्था आयो ।

यसले यसरी मर्कामा पर्ने देशभरका ६३ वटा क्याम्पसहरु रहेका छन् । नेपाल आंशिक प्राध्यापक संघसँग भएको तथ्यांकमा १०६७ उपत्यका बाहिर र ७२३ उपत्यकाभित्रका शिक्षक शिक्षिकाहरु आंशिक प्राध्यापकहरु छन् ।

आंशिक शिक्षकहरु तालाबन्दीमा समेत उत्रिए । लकडाउन शुरु भएदेखि तलब नपाएका शिक्षकहरुले आफ्नो व्यवस्थापनको लागि विश्वविद्यालयलाई कार्यविधि बनाउन माग गरेका थिए । त्यो पनि पूरा भएन । 

आंशिक प्राध्यापकहरु ठूलो मारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ