arrow

पूर्वका तीन जिल्ला टुक्राउने तयारीको विरोध

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1719372731.jpeg
काठमाडौ । सुनसरी, मोरङ्ग र झापा संयूक्त नागरिक सरोकार समाजले पूर्वका तीन जिल्ला टुक्राएर मधेस मधेस आन्दोलनलाई संबोधन गर्ने गरी भईरहेका छलफल प्रति आपत्ति प्रकट गरेका छन । 

बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र ऐतिहासिक रुपमा अन्र्तसम्बन्धीत रहेकोले यसलाई टुक्राउन नमिल्ने भन्दै  दुई नम्बर प्रदेशमा गाभ्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा समाजका संयोजक एवम मोरङ समाजका अध्यक्ष विमल भट्टराईले बर्तमान संविधानको अनुसुचिमा भएको ब्यवस्थाको विपक्षमा जाने र सम्बन्धीत जिल्लाका जनताको अभिमतका विरुद्ध गरिने कुनै पनि कथित राजनैतिक सहमति आफुहरुलाई स्विकार्य नहुने भन्दै नुन र तेलसँग राष्ट्रियता साट्ने षडयन्त्र विरुद्ध एक जुट हुन आब्हान गरे । 

सुनसरी नागरिक समाजका अध्यक्ष एवम समाजका सदस्य सचिव प्रभु प्रसाद श्रेष्ठले सम्बन्धीत जिल्लाका नागरिकहरुको अभिमत विरुद्ध चालिने कुनै पनि कदम स्विकार्य नहुने भन्दै त्यस्तो जनभावना विपरितको कदम नचाल्न सचेत गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ