arrow

इलाममा मृत्यु भएका युवकमा देखिएन कोरोना

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
dead2.jpg

इलाम ।  इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।  

 उनको मृत्युपछि सबै त्रसित थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । 

उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । 

रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ