arrow

पाकिस्तानमा चिनियाँ प्रभाव, प्रजातान्त्रिक आर्थिक प्रणालीमा एक पछि अर्को नियन्त्रण

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १ सोमबार
pakistan-china.jpg

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिन पिङले पाकिस्तानको राजनीतिक र आर्थिक प्रक्रियामा प्रत्यक्ष प्रभाव विस्तार गर्न प्रजातान्त्रिक तवरले चुनिएका प्रतिनिधिहरू र निजामती कर्मचारीहरू संयन्त्रमा आफ्नो पहुँच विस्तार गरिरहेको हङकङस्थित एसिया टाइम्सले जनाएको छ । 

चिनियाँ राष्ट्रपतिले अहिले पाकिस्तान सरकारलाई त्यहाँको सैन्य विस्तारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार भएको बताइरहेका छन् ।

"सन् २०१६ देखि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले पाकिस्तानका तत्कालीन नवाज शरिफ सरकारलाई दबाब दिएका थिए । उनले योजना मन्त्रालयमा आफ्नो भूमिका खोजी गरेका थिए । 

चीनले अर्बौं बिलियन डलरको चीन-पाकिस्तान आर्थिक करिडोरको निगरानी गर्नेसमेत जनाइएको छ । त्यस समय चिनियाँ प्रस्ताव अस्वीकार गरिएको थियो । 

तर, गत वर्ष प्रधानमन्त्री इमरान खान सामु उक्त प्रस्ताव फेरि प्रस्तुत गरिएको थियो । चीनले चिनियाँ परियोजनाहरु चाँडो सम्पन्‍न गर्नुपर्ने शर्त राखेको थियो । 

पाकिस्तानी प्रधानमन्त्रीलाई सैन्य शक्तिको गोटी बनाउने चिनियाँ रणनीति रहेको सो पत्रिकाले लेखेको छ । राष्ट्रपति सीले आफ्नो इच्छा पूरा गर्नका लागि पाकिस्तानी कानुनलाई नै प्रभावमा पारेर पाकिस्तानी योजना मन्त्रालयमा भूमिका खोज्‍ने कार्य मुलुकमाथि हस्तक्षेप गर्न मार्ग प्रशस्त हुने पाकिस्तान मामिलाका जानकारहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ