arrow

१० हजार घुस लिने वाणिज्य विभागका नासु महतो अख्तियारको नियन्त्रणमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १ सोमबार
ciaa-office-hq.jpg.jpeg

काठमाडौं। बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायब सुब्बा शिवशंकर महतोलाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सूचनाको आधारमा महतोलाई सेवाग्राहीबाट १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले १० हजार घुस र रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ