arrow

लकडाउनपछि भारत फर्कन पाएका थिएनन् पण्डित जसराज, अमेरिकामा दाहसंस्कार

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
pandit_jasaraj.jpg

न्यूजर्सी । शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । 

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उनी स्वदेश फर्कन पाएका थिएनन् । उनी विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आएका थिए । 

भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय थिए । उनले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ