arrow

टेलिकमको ह्याप्पी लर्निङ प्याक, यसरी पाउन सकिन्छ

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
nepal-telecom.png

काठमाडौं । नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक ल्याएको छ । अनलाइन पठनपाठन सञ्चालन गर्नका लागि उपयुक्त हुने गरी टेलिकमले ह्याप्पी लर्निङ प्याक ल्याएको हो । 

बुवाको मुख हेर्ने दिन भदौ ३ गतेदेखि ल्याइएको प्याक निकै सस्तो मूल्यमा उपलब्ध हुने टेलिकमले जनाएको छ । सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

कसरी पाइन्छ यो सुविधा ? यसो भन्छ टेलिकम
सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । 

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । 

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।  

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ । 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । 

विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नुहुनेछ । 

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट Covid-19 महामारीको असहज  परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न÷गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ