arrow

विषाक्त पदार्थ सेवनपछि नाभाल्नी चढेको विमान आकस्मिक अवतरण, रुसी सरकारका आलोचक आइसियुमा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
navalnay.jpg

मस्को । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् ।

शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भ्रष्टाचार विरुद्धको फाउन्डेसनका सञ्चार सचिव किरा यर्मयशले दिएको जानकारी अनुसार बिहीबार विहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महसुस गरेका थिउ ।

“उनले उडानकै बेलामा अप्ठ्यारो महसुस गर्नुभएको थियो, ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो,” सञ्चार सचिव किराले भने । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिए ।

अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । 

ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ