arrow

२ ट्रिलियनको पहिलो कम्पनी एप्पल

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
apple.png

काठमाडौं। एप्पल २ ट्रिलियनको विश्वकै पहिलो कम्पनी बनेको छ। एप्पल सन् २०१८ मा १ ट्रिलियनको बजार नाघ्ने विश्वकै पहिलो कम्पनी बनेको थियो। २ वर्षमै एप्पलले आफ्नो सम्पती दोब्बर पारेको हो।

हिजो एप्पलको प्रतिशेयर मूल्य ४६६.५३ पुगेको थियो। योसँगै एप्पलले २ ट्रिलियनको बजार मूल्य भएको कम्पनीका रुपमा पहिचान बनाएको हो।

एप्पलले अहिले आइफोन मात्रै बनाउँदैन्। एप्पलका विभिन्न सर्भिसहरु रहेका छन्।  सफ्टवयर, गेमदेखि टिभि, न्युजलगायत विभिन्न किसिमका एप्पलका सेवाहरु रहेका छन्। एप्पले पछिल्लो समय व्यापार बढाउने नयाँ रणनीति अँगलोसँगै एप्पलको बजारमूल्य बढेको हो।

एप्पलको स्थापना सन् १९७६ मा स्टिभ जब्सले गरेका थिए। यद्यपि साउदि अरेबियाको तेल कम्पनी अराम्कोको बजार मूल्य पनि १.७ ट्रिलियन पुगिसकेको छ। अराम्को विश्वकै ठूलो तेल उत्पादन गर्ने कम्पनी हो।

गत जुलाई ३१ मा एप्पले अराम्कोलाई पछि पारेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ