arrow

अपहरण र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
farar.jpg

नेपालगन्ज । बाँके प्रहरीले अपहरण र चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-३ का ४७ वर्षीय बब्बु खाँ पठान भन्ने मुस्लिम खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

खाँलाई २०६७ साउन २७ गते नेपालगन्ज उपमहानगरपालिका-१८ का बराती बढहीलाई अपहरण गरी निजको नाममा रहेको जग्गा खाने नियतले फर्जी कागज बनाई अपहरण गरेको अभियोगमा बाँके जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शरीर बन्धक, आपराधिक लाभ मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए । 

त्यस्तै जिल्ला अदालतबाट ५ वर्ष ११ महिना ४ दिन कैद सजाय र ६१ हजार पाँच सय रुपैँया जरिवाना तोकिएको भएपनि कैद र जरिवाना भुक्तानीका लागि अदालतमा हाजिर नभई फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-९ का २८ बर्षीय पंकज कुमार बर्मालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । 

उनले २०६८ चैत ५ मा नेपालगन्ज उपमहानगरपालिका-१२ बस्ने राकेश थापाको घरबाट नगद तथा सुनचाँदीको गरगहना र मोवाइल समेत चोरी गरेको आरोपमा अदालतले कैद र जरिवाना फैसला सुनाएको थियो । उनलाई जवरजस्ती चोरी मुद्दामा बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ